अमेरिकाको अस्पतालमा हालसम्मकै उच्च ओमिक्रोन संक्रमित भर्ना

संवाददाता
२७ पुष २०७८, मंगलवार ११:२७

मकवानपुर। अमेरिकाको अस्पतालहरुमा ओमिक्रोन भेरियन्टको संक्रमणका मानिसहरु भर्ना हुने संख्यामा वृद्धि भएको छ ।

समाचार एजेन्सीको रोयटर्सका अनुसार कोरोना भाइरस संक्रमणका कारण यतिबेला अमेरिकामा एक लाख बत्तीस हजार ६४६ संक्रमित अस्पताल भर्ना छन् जबकी अघिल्लो वर्ष जनवरी महिनामा यो आँकडा एक लाख बत्तीस हजार ०५१ मात्रै थिए ।

अघिल्लो डिसेम्बरदेखि मानिसहरु अस्पताल भर्ना हुन जारी छ । डेल्टा भेरियन्टपछि ओमिक्रोन भेरियन्ट आएपछि पछिल्लो तीन हप्तामा अस्पताल भर्ना हुनेको संख्या दोब्बर भएको छ ।

रोयटर्सको विश्लेषण अनुसार डेलावेयर, इलिनोयस, मेन, मेरील्याण्ड, मञ्जुरी, ओहायो, पेन्सिल्वेनिया, प्युर्टो रिको, भर्जिनिया, वासिङ्टन डिसी र विस्कन्सिनमा रेकर्ड रुपमा कोभिड–१९ बिरामी अस्पताल भर्ना भएका छन् ।

सम्भावित रुपमा कम गम्भीर बताइएको ओमिक्रोन भेरियन्टको विषयमा स्वास्थ्य अधिकारीले यो भेरियन्टको संक्रमण बढेको खण्डमा अस्पतालको संरचनामा दबाब बढ्ने चेतावनी दिएका छन् ।

रोयटर्सका अनुसार अमेरिकामा पछिल्लो ६ दिनमा करिब ५ लाख संक्रमित भेटिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*