देशभर २४ घण्टामा ५०८७ जनामा कोरोना संक्रमण हुदाँ १८ हजार २३५ सक्रिय संक्रमित

संवाददाता
३० पुष २०७८, शुक्रबार २०:४८

मकवानपुर । पछिल्लो २४ घण्टामा पाँच हजार ८७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा २० हजार ५६० वटा नमुना परीक्षण गर्दा पाँच हजार ८७ जनामा कोरोना पुष्टी भएको हो ।

मन्त्रालयका अनुसार १३ हजार ४७४ जनामा पीसीआर परीक्षण गर्दा ४ हजार २०४ जना र सात हजार ८६ जनामा एन्टिजेन परीक्षण गर्दा ८८३ जना गरि जम्मा पाँच हजार ८७ जनामा संक्रमण देखिएको हो ।

यो सँगै देशभर सक्रिय संक्रमितको संख्या १८ हजार २३५ रहेको छ । पछिल्लो २४ घण्टामा ३०६ जना डिस्चार्ज भएका छन् भने तीन जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*