वीरगञ्जमा उकालो लाग्दै कोरोना संक्रमण

संवाददाता
३० पुष २०७८, शुक्रबार २१:२२

मकवानपुर । देशको मुख्य नाका मानिने वीरगञ्ज स्थित नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा दैनिक संक्रमण पुष्टि हुने संख्या बढ्दै गएको छ ।

बिहीबार ४७ जनाको नमुना परीक्षण गर्दा ३१ जनामा संक्रमण पुष्टि भएको थियो । यो संख्या प्रतिशतको हिसाबमा ६५.९६ हो ।

शुक्रबार पनि त्यसैगरि कोरोना संक्रमण पुष्टि हुने दर उच्च नै रहेको छ । शुक्रबार ६४ जनाको नमुना परीक्षण गर्दा ४३ जनामा संकक्रमण पुष्टि भएको प्रयोगशालाका प्रमुख एवं सूक्ष्म जीव विज्ञ डा प्रभाकर पाण्डेले जानकारी दिए । संक्रमण पुष्टि भएको यो संख्या ६७.१९ प्रतिशत हो ।

प्रयोगशाला प्रमुखका अनुसार यसअघि बुधबार ९५ जनाको परीक्षण गर्दा ५१ जना अर्थात ५३.६८ प्रतिशत संक्रमण पुष्टि भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*