इन्जिनियर्स एसोसिएशनको निर्वाचन अर्को सूचना नभएसम्मका लागि स्थगित

संवाददाता
२ माघ २०७८, आईतवार १३:२५

मकवानपुर । इन्जिनियर्स एसोसिएशनको निर्वाचन स्थगित भएको छ । कोभिड १९ को संक्रमण बढेपछि यही माघ ७ गते हुने भनिएको निर्वाचन कार्यक्रम स्थगित भएको हो । इन्जिनियर्स एसोसिएशनका निर्वाचन समिति संयोजक घनश्याम भट्टराईले अर्को सूचना नभएसम्मका लागि स्थगित भएको जनाएका छन् ।

एशोसिएशनको ३३ औँ कार्यकारिणी समिति, सातै प्रदेशको दोस्रो कार्यकारिणी समितिका लागि निर्वाचन गर्ने तयारी थियो ।

एशोसिएशनको अध्यक्षका लागि लोकतान्त्रिक समूह र प्रगतिशील समूह प्यानल बनाएका थिए । काँग्रेस निकट लोकतान्त्रिक समूहबाट दुई वटा प्यानल थिए । लोकतान्त्रिक समूहबाट हरिबहादुर दर्लामी र दिलिपकुमार झा अध्यक्षमा दाबेदार थिए ।

प्रगतिशील समूहबाट हरिराम पराजुलीको नेतृत्वमा प्यानल बनाएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*