हेटौंडाको सिडियो र एसपी सार्वजनिक स्थलको अनुगमनमा मास्क नलाए कार्वाही

मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख्य भरतमणि पाण्डे र प्रहरी उपरीक्षक सुरेन्द्र गुरुङ आफै निरीक्षणमा निक्लेका छन् । कोरोना महामारीको तेस्रो लहर फैलिन शुरु भएसँगै जोखिमलाई मध्येनजर गर्दै सङ्क्रमण फैलिन नदिन सार्वजनिकस्थलमा कडाइ गर्न सुरु गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय एवं जिल्ला विपद् व्यवस्थापन समिति मकवानपुरले कोरोना भाइरस सङ्क्रमण फैलिन नदिन सार्वजनिकस्थलमा कडाइ गर्न सुरु गरेका छन् । कोरोना भाइरस सङ्क्रमण फेरी बढ्दै गएपछि मकवानपुरमा स्वास्थ्य मापदण्ड पालनलाई कडाइ र माइकिङ सुरु गरिएको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे जानकारी दिए ।
सार्वजनिक यातायातका साधनमा भीडभाड नगर्न, अनिवार्य मास्क लगाउन, चालक तथा सहचालकलाई मास्क, फेसमास्क लगाउन कडाइ गरिने छ । भरतमणि पाण्डेले भने “सार्वजनिक यातायातदेखि सार्वजनिकस्थलमा अनुगमन गर्छौँ ।” जिल्लाका सरकारी तथा निजी अस्पताललाई तयारी अवस्थामा रहन उनले निर्देशन दिए ।
मकवानपुर जिल्लाका प्रहरी उपरीक्षक सुरेन्द्र गुरुङले विश्वब्यापी रुपमा फैलि रहेको कोरोना भाईरस संक्रमणको जोखिमलाई समेत ध्यानमा राखी सचेतना अभिवृद्धि स्वरुप सवारी साधन र पैदल मार्फत आवत जावत गर्ने तथा प्रहरीको काम कार्वाहीलाई प्रभावकारी वनाउने बताएका छन् । यस्तै, मास्कको अनिवार्य प्रयोगलाई कडाइ गर्न जिल्लाका प्रहरीलाई निर्देशन दिएको बताएका छन् ।