फ्रन्टलाइनरलाई कोरोनाविरुद्धको बुस्टर डोज दिन सुरु

संवाददाता
२ माघ २०७८, आईतवार १५:३५

मकवानपुर । सरकारले अग्रपंक्तिमा खटिनेहरू​लाई आइतबारदेखि कोरोनाभाइरस विरुद्धको बुस्टर डोज खोप दिन थालिएको छ । सोही अनुसार स्वास्थ्यकर्मी र कर्मचारी, सबै सुरक्षाकर्मी, सञ्चारकर्मी, सार्वजनिक फोहर संकलक, सरसफाइकर्मी, एम्बुलेन्स तथा शव वाहन चालक, महिला स्वास्थ्य स्वयंसेविका र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिने कर्मचारीहरू​लाई सरकारले बुस्टर डोज खोप दिन थालिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार प्रदेशका स्वास्थ्य निर्देशनालय र जिल्ला स्वास्थ्य कार्यालयहरूलाई पत्र लेखेर आजदेखि अग्रपंक्तिमा खटिनेहरूलाई बुस्टर डोज आग्रह गरेका थिए ।

यसैबीच ललितपुरको पाटन अस्पतालले फ्रन्टलाइनरलाई कोरोना विरुद्धको तेस्रो डोज दिन थालेको छ । अस्पतालमा कार्यरत स्टाफलाई आजदेखि तेस्रो डोज दिन थालिएको हो । अस्पतालमा कार्यरत स्टाफलाई दिन छुट्याएर हरेक दिन ५०० जनालाई खोप लगाउन थालिएको अस्पताल प्रशासनले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*