रेल्वेमा कर्मचारी भर्नाविरुद्ध आन्दोलन गर्न भौतिक पूर्वाधार विकासमन्त्री यादवको आग्रह

संवाददाता
२ माघ २०७८, आईतवार १५:५२

मकवानपुर । प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवले नेपाल रेल्वे कम्पनीको कर्मचारी भर्नाको विरोध गरेका छन् । लोकसेवा आयोगको परीक्षा लिएर कर्मचारी भर्ना गर्नुपर्नेमा जथाभावी गरेको उनको दाबी छ ।

केन्द्र सरकारले नेकपा एकीकृत समाजवादी सम्वद्ध निरन्जन झालाई रेल्वे कम्पनीको महाप्रबन्धक बनाएको थियो । झा नेतृत्वको रेल्वे कम्पनीले जयनकपुर–जनकपुरधाम–कुर्थासम्म रेल सञ्चालन गर्न हालै मात्र ६० जना कर्मचारीलाई नियुक्त गरेको छ ।

आइतबार पत्रकारहरुसँग कुरा गर्दै कांग्रेस संसदीय दलका नेता समेत रहेका मन्त्री यादव लोक सेवा आयोगको परीक्षा मार्फत कर्मचारी भर्ना गर्न बाध्य पार्न आन्दोलन गर्नुपर्ने बताए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*