“पार्टीमा कुनै असहजता छैन”

संवाददाता
२ माघ २०७८, आईतवार १६:२६

मकवानपुर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारले भर्खरै सम्पन्न नेपाली काँग्रेसको १४ औँ महाधिवेशनपछि पार्टीमा कुनै असहजता नरहेको बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टी सभापति शेरबहादुर देउवाले पहिलो चरणमा केन्द्रीय समितिमा केहीलाई मनोनित गरिसकेको प्रसङ्ग उल्लेख गरेका छन् ।

उनले अधिवेशनको दौरानमा पार्टीका कार्यकर्ता बीचमा देखिने दूरी स्वभाविक भएको र यो विस्तारै कम हुँदै जाने विश्वास व्यक्त गरे । पार्टीमा स्थानीय तहदेखि केन्द्रसम्म स्वस्थ प्रतिस्पर्धा भएकोले केही उतार चढाव हुनु स्वभाविक हो भन्दै यसलाई आफूले पनि स्वाभाविक रुपमा लिएको स्पष्ट गरे ।

उनले आगामी निर्वाचनमा पार्टी एकढिक्का भएर लाग्नुपर्ने धारणा पनि राखे । उनले तीनै तहको निर्वाचन एकै पटक वा अलग अलग गर्ने भन्ने विषयमा निर्वाचन आयोगले तयारी गरिरहेको पनि बताए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*