मकवानपुरमा थप ४० जनामा कोरोना संक्रमण पुष्टि

मकवानपुर । मकवानपुरमा आइतबार थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ६० जनामा एन्टिजेन परीक्षण गर्दा ४० जनामा कोरोना संक्रमण पुष्टि भएको हो भने, पिसिआर परीक्षणको रिपोर्ट प्राप्त नभएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जानकारी दिएको छ।
हाल मकवानपुरमा सक्रिय संक्रमीतको संख्या ३९९रहेका छन् भने, होम आइसोलेसनमा बस्नेको संख्या ३९५ रहेका छन् । यस्तै, ४ जना संस्थागत आइसोलेसनमा रहेको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।