नेपालमा थप ४९६१ जनामा कोरोना संक्रमण पुष्टि, ३ जनाको मृत्यु

मकवानपुर । पछिल्लो २४ घण्टामा थप ४९६१ जनामा कोरोना (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरमा १५ हजार १३१ नमुना परीक्षण गर्दा ४९६१ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा ४३५ जना संक्रमणमुक्त भएका छन् भने तीन जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर २५ हजार ६८० संक्रिय संक्रमित रहेका छन् ।