बेइजिङ ओलम्पिकका लागि आएका १२ जनामा कोरोना सङ्क्रमण

संवाददाता
१५ माघ २०७८, शनिबार ०७:१२

मकवानपुर । चीनको संघीय राजधानी बेइजिङमा हुन लागेको ओलम्पिक खेलकुद प्रतियोगितामा सहभागी हुन आएका मध्ये १२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

आगामी शुक्रबारदेखि सुरु हुने प्रतियोगितामा सहभागिताका लागि विभिन्न देशबाट सहभागीहरू आउने क्रम तीव्र छ । सहभागी आउने र परीक्षण गर्ने क्रम चलिरहेको र यो सङ्ख्या पछिल्लो २४ घण्टाको मात्रै भएको अधिकारीहरूले जनाएका छन् । प्रतियोगिताका लागि बिहीबार राति सम्ममा एक हजार ६८२ जना बेइजिङ आइपुगेका छन् ।

तीमध्ये एक हजार ४२ जना खेलाडी नै रहेका छन् भने ६४० जना खेल पदाधिकारी तथा अन्य रहेका छन् । प्रतियोगितामा सहभागी हुन आएका सवैको पिसिआर परीक्षण विमानस्थलमै गर्ने व्यवस्था मिलाइएको अधिकारीहरूले जनाएका छन् ।

कोरोना भाइरसको महामारी बीचमा ठूलो चुनौतीलाई सामना गर्दै आयोजना गरिएको प्रतियोगिता फेब्रुअरी ४ मा सुरु भइ फेब्रुअरी २० मा सम्पन्न हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*