एन्फाको कार्य समिति बैठक २० माघमा गरिने (भर्चुअल माध्यमबाट)

मकवानपुर । अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठक २० माघ (बिहीबार) बस्ने भएको छ । एन्फाका महासचिव इन्द्रमान तुलाधरले बिहान साढे ११ बजे देखि बैठक सुरु हुनेगरि कार्यसमिति सदस्यहरूलाई सूचना पठाएका छन् ।
बैठक आगामी साधारण सभा केन्द्रित हुनेछ । यस अघि २२ पुसमा एन्फाको कार्य समिति बैठक बसेको थियो । बैठकमा विविध सहित १९ वटा एजेन्डा माथि छलफल भएको थियो ।
बैठक एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङसहित कार्य समितिका सात सदस्यले राख्न माग गरेका थिए । बैठक माग गर्नेमा चार सदस्य किरण राई, दिनेश ब्यन्जनकार, निरोज खड्गी र दावा लामा छन् ।