टी–२० वरीयतामा नेपाल एक स्थान तल झर्यो

संवाददाता
३ फाल्गुन २०७८, मंगलवार ०९:१५

मकवानपुर । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को पछिल्लो टी–२० वरीयतामा नेपाल एक स्थान तल झरेको छ ।

आईसीसीले सोमबार अपडेट गरेको वरीयता अनुसार नेपाल १३औं स्थानमा झरेको हो । यसअघि नेपाल १२औं स्थानमा थियो । ओमानमा सोमबार सम्पन्न चारदेशीय टी–२० मा तीन खेलमध्ये एक खेल मात्र जितेको नेपालको वरीयता खस्किएको हो ।

नेपालले पहिलो खेलमा ओमानलाई पराजित गरेको थियो । तर त्यसपछि युएई र आयरल्याण्डसँग लगातार पराजित भयो । सोमबार भएको खेलमा आयरल्याण्डलाई १२७ रनमा रोके पनि ब्याटिङ नचल्दा नेपालले टेष्ट मान्यता प्राप्त टिमलाई पहिलो पटक हराउने अवसर गुमाएको थियो ।

आयरल्याण्डलाई नेट रनरेटले पछि पार्दै सिरिजको उपाधि जितेको यूएई नेपाललाई पछि पार्दै १२औं स्थानमा उक्लेको छ । एसोसिएटमा यूएई सबैभन्दा अघि छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*