युक्रेनमा सैन्य अक्रमणबाट भारतका एक विद्यार्थीको मृत्यु

मकवानपुर । युक्रेन र रुसी सैनिक बीच भएको भीडन्तमा भारतका एक विद्यार्थीको मृत्यु भएको छ ।
रुसी र युक्रेन सैन्य बीच भएको आक्रमणबाट खार्किभमा दोहोरो भिडन्तमा परेर गोली लागि भारतीय छात्रको मृत्यु भएको भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले ट्वीटर मार्फत् पुष्टि गरेका छ ।
उनका अनुसार मृतकको परिवार विदेश मन्त्रालयको सम्पर्कमा रहेको जनाएको छ । यस अघि भारतीय विदेश सचिवले रुसी र युक्रेनका दूतलाई सम्पर्क गरेर भारतीय नागरिकलाई सुरक्षित रुपमा उद्धार गर्न सहयोग मागेका थिए । दुबै देशमा रहेका भारतीय राजदूतले पनि नागरिक फिर्ताका लागि पहल गरिरहेका छन् ।
भारतीय विदेश मन्त्रालयले युक्रेनको राजधानी केइभ छाड्न आफ्ना नागरिकलाई फेरि अपिल गरेको छ । जे साधन भेटिन्छ त्यहीँ प्रयोग गरेर युक्रेन छोड्न भारतको अपिल छ ।