दोसो अभ्यास खेलमा पनि नेपाल विजयी

संवाददाता
२४ फाल्गुन २०७८, मंगलवार १८:५३

मकवानपुर । नेपाली क्रिकेट टिमले दोस्रो अभ्यास खेलमा पनि श्रीलंका नेभीविरुद्ध सहज जित निकालेको छ । मंगलबार भएको खेलमा पनि नेपालले श्रीलंका नेभीलाई ८१ रनले पराजित गरेको गरे ।

नेपालले दिएको १९७ रनको लक्ष्य पछ्याएको श्रीलंका नेभी ३०।५ ओभरमा ११५ रनमा अलआउट भयो । नेपालका पवन सर्राफले ३ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४३।४ ओभरमा सबै विकेट गुमाएर १९६ रन मात्र बनाएको थियो । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले भने उत्कृष्ट ब्याटिङ गरे । दीपेन्द्रले सर्वाधिक ६३ रन जोडे । यस्तै भिम शार्कीले २८, विवेक यादबले २६ र पवन सर्राफले २२ रन बनाए ।

यस अघि सोमबार भएको पहिलो अभ्यास खेलमा नेपालले श्रीलंका नेभीलाई १११ रनले पराजित गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*