फक्स न्यूजका दुई पत्रकार युक्रेनमा मारिए

संवाददाता
२ चैत्र २०७८, बुधबार ०७:४२

मकवानपुर । फक्स न्यूजका लागि काम गर्ने दुई पत्रकार युक्रेनमा मारिएको अमेरिकी नेटवर्कका कर्मचारीहरूले बताएका छन् ।

कीभको बाहिरी भागमा रहेको होरेन्का गाडीमा गोलाबारी हुँदा ५५ वर्षीय क्यामेराम्यान पियरे जाक्रजेव्स्की र २४ वर्षीया ओलेक्सान्ड्रा कुभ्सिनोभाको मृत्यु भएको थियो ।

उनीहरुका सहकर्मी ३९ वर्षीय बेन्जामिन हाल घाइते भएका छन । हाल अस्पतालमा उपचाररत रहेको जनाएको छ । फक्स न्यूजका सीईओ सुजेन स्कटले यो संगठनको लागि ुहृदयविदारक दिन भएको बताइन् । स्कटले जाक्रजेव्स्की पत्रकारको रूपमा जोश र प्रतिभा बेजोड रहेको जिकिर गरिन् । जाक्रजेव्स्की एक युद्ध क्षेत्रमा फोटोग्राफर थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*