प्रथम वाग्मती प्रदेश खेलकुद अन्र्तगत मकवानपुर र ललितपुर फाइनलमा

मकवानपुर । प्रथम वाग्मती प्रदेश खेलकुद अन्तर्गत पुरुष फुटबलतर्फ मकवानपुर र ललितपुर फाइनलमा पुगेका छन् ।
हेटौंडा–५ स्थित पिप्लेक्याम्पा रंगशालामा भएको सेमिफाइनलमा मकवानपुरले दोलखालाई ५–१ ले र ललितपुरले धादिङलाई पेनाल्टी शुटआउटमा ५–३ ले पराजित गरे ।
मकवानपुरको जितमा समीरराज थोकरले १४ र ५५ औं, ललित चौलागाईंले ३४ औं, अमिर श्रेष्ठले ७९ औं र अनिश महर्जनले ८८ औं मिनेटमा गोल गरेका थिए । दोलखाका लागि स्वयम् श्रेष्ठले एक गोल फर्काए । म्यान अफ द म्याच अमिर श्रेष्ठ भए ।
धादिङ र ललितपुर बीचको पहिलो सेमिफाइनल खेल निर्धारित र अतिरिक्त समय २–२ को बराबरीमा टुंगिएपछि खेलको नतिजा टाइब्रेकर मार्फत् छिनोफानो गरिएको हो ।
पुरुष फुटबलतर्फ आइतबार फाइनल हुनेछ ।