दक्षिणी युक्रेनमा रुसी सेनाको गोलाबारीपछि ३८ घण्टे कफ्र्यू

संवाददाता
६ चैत्र २०७८, आईतवार ०९:०२

मकवानपुर । किभ–दक्षिणी युक्रेनको जापोरिज्जियामा रुसी सेनाको गोलाबारीमा कम्तीमा नौं जनाको मृत्यु भएको र १७ जना घाइते भएका त्यहाँका उपमेयरले जनाएका छन् । हाल सो गोलाबारीपछि जापोरिज्जियामा ३८ घण्टे कफ्र्यू घोषणा गरिएको छ ।

त्यो ठाउँमा मोटार्स, ट्याङ्क, हेलिकोप्टर, रकेटमार्फत रुसी सेनाले हमला गरेको प्राप्त विवरणहरूमा जनाइएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले विलम्ब नगरी अर्थपूर्ण वार्ता गर्न आह्वान गर्न गरिरहेका बेला रुसी सेनाले तीव्र हमला गरिरहेको छ । २४ फेब्रुअरीदेखि भएको रुसी हमलामा सयौँ मारिएका छन् भने २५ लाख मानिस विस्थापित भएका छन् ।

रुसी सेना युक्रेनको हमलामा परेको मारिओपोलमा ८० प्रतिशत संरचना ध्वस्त भएका छन् । त्यहाँ अहिले पनि लडाइँ भइरहेको छ । शहरमा युद्धको असर नदेखिने एउटा पनि ठाउँ नरहेको सो शहरका मेयरले बताएको बीबीसीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*