युक्रेनका राष्ट्रपतिले रुसको आक्रमण नरोकिए तेस्रो विश्वयुद्ध हुनसक्ने चेतावनी

मकवानपुर । युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले आफ्नो देशमा भएको रुसको आक्रमण नरोकिए तेस्रो विश्वयुद्ध हुनसक्ने चेतावनी दिएका छन् । उनले आइतबार अमेरिकी समाचार च्यानल सीएनएनसँग कुरा गर्दै भनेका छन् ।
यसअघि रुस र युक्रेनी अधिकारीबीच बेलारुसमा भएको वार्ता निष्कर्ष विहीन भएको थियो । अहिले टर्कीले दुवै देशका अधिकारीलाई वार्तामा बसाउने पहल गर्दै आइरहेको छ ।
युक्रेनका राष्ट्रपति जेलेन्स्कीले युद्ध रोक्ने एकमात्र उपाय वार्ता भएको बताएका छन् । उनले वार्ताका लागि कुनै पनि तरिका र सम्भावनाको प्रयोग गर्नुपर्ने बताए ।
युक्रेनका राष्ट्रपतिले सम्झौताको नाममा रुससँग आत्मसमर्पण भने नगर्ने स्पष्ट पारेका छन् । उनले यदि युक्रेन नेटोको सदस्य भएको भए यो युद्ध नहुने बताउछन् तर रुस भने युक्रेनलाई नेटोको सदस्य बनाउन नहुने पक्षमा छ ।