करणको ह्याट्रिकमा नेपालको लगातार तेस्रो जित

संवाददाता
१७ चैत्र २०७८, बिहीबार २१:१२

मकवानपुर । करण केसीको ह्याट्रिकमा त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत पपुवा न्युगिनीसँग खेलिरहेको नेपालले लगातार तेस्रो जित निकालेको छ। नेपालले पीएनजीलाई ३७ रनले पराजित गरेको हो ।

पपुवा न्युगिनी९पीएनजी०सँग टस हारेर ब्याटिङ्‌को निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २०३ रन जोडेको थियो ।

नेपालले दिएको २०४ रनको लक्ष्य पछ्याउने क्रममा पीएनजी १९।४ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १६६ रनमा समेटिएको हो ।

पीएनजीलाई १६६ रनमा रोक्नका लागि नेपालका करण केसीले ३।४ ओभर बलिङ् गर्दै ५ विकेट लिए । त्यस्तै अविनाश बोहरा र सोमपाल कामीले समान २र२ विकेट लिए भने कप्तान सन्दिप लामिछानेले १ विकेट लिए ।

सन्दीप लामिछानेपछि टी(२० अन्तराष्ट्रिय क्रिकेटमा ५० विकेट लिने करण पहिलो नेपाली खेलाडी बने ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ६६ र मोहम्मद अदिल अलामले २० रन जोडे। यस्तै ‌कुशल भुर्तेल १७ रन, रोहित पौडेल ४१ रन र ‌आशिफ शेख ३८ रन जोडे ।

यो सँगै नेपाल सिरीजको फाइनलमा पुगेको छ । (अन्नपूर्ण पोष्टबाट)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*