घिसिङले सम्हाले राखेपको सदस्य–सचिव कार्यभार

संवाददाता
२४ चैत्र २०७८, बिहीबार ०८:०४

मकवानपुर । सर्वोच्च अदालतको फैसलापछि टंकलाल घिसिङले बुधबारदेखि राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य–सचिवको कार्यभार सम्हालेका छन् ।

मन्त्रिपरिषद्को १३ मंसिरको निर्णयानुसार घिसिङ सदस्य–सचिवमा नियुक्त भएका थिए । राखेपका तत्कालीन सदस्य–सचिव रमेशकुमार सिलवालले आफूलाई जिम्मेवारी मुक्त गरेको र नयाँ सदस्य–सचिव नियुक्ति गरेको भन्दै अदालतमा रिट दायर गरेका थिए ।

२२ चैतमा सर्वोच्चका न्यायधीशद्वय अनिलकुमार सिन्हा र कुमार रेग्मीको संयुक्त इजलासले सिलवालको रिट खारेज गरेपछि घिसिङलाई सदस्य–सचिवका रूपमा काम गर्न बाटो खुलेको हो ।

सदस्य–सचिव पुनर्बहाली पछि घिसिङले स्थानीय तह निर्वाचनका कारण केही ढिलो भएपनि नवौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको आयोजना चालू आर्थिक वर्षभित्रैै हुने सदस्य–सचिव घिसिङले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*