राष्ट्रिय स्तरको कराते एकल काताको स्वर्ण मोक्तानले जिते

संवाददाता
२४ चैत्र २०७८, बिहीबार १९:२३

मकवानपुर । मनहरी–६ चुनाचुरी निवासी महसुस मोक्तानले प्रथम कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराँते प्रतियोगिताको एकल कातामा स्वर्ण पदक जितेका हुन् ।

ललितपुरमा भएको प्रतियोगिताको पहिलो दिन आफ्नो प्रतिद्वन्दीलाई हराउदै महसुस च्याम्पियन बनेका हुन् । यस अघि मोक्तानले २ वर्ष अघि काठमाडौमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का टिम काताका स्वर्ण पदक समेत जितेका थिए ।

फाइनलमा महसुसले २४.८ अंक जोडेका थिए । मोक्तान हाल नेपाल पुलिसमा कार्यरत छन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*