मकवानपुर फुटबल संघमा लामाको प्यानलै विजयी

संवाददाता
१० बैशाख २०७९, शनिबार २१:५४

मकवानपुर । मकवानपुर जिल्ला फुटबल संघको अध्यक्षमा टीकाराम लामा निर्वाचित भएका छन् ।

शनिबार हेटौंडामा भएको संघको सातौं अधिवेशनबाट लामा दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । यस्तै उपाध्यक्षमा अरुण बल, युवराज लामा, अजय मानन्धर विजयी भएका छन् ।

त्यसैगरि फुटबल संघको कार्यसमिति सदस्यमा विकेशलाल श्रेष्ठ, आशिष थापा, राजाराम थोकर, आलोक स्याङ्तान, पुष्पराज पुडासैनी, सचिन्द्र लामा, सचिन राई, दिनेश चौलागाई, कृष्ण केसी र नवराज तिमल्सिना विजयी भएको हो । महिला सदस्यमा एलिसा आले विजयी भइन् ।

मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हुँदै आएको सहीद स्मृति मकवानपुर गोल्डकप र जिल्ला लिग फुटबललाई थप व्यवस्थित गरिने नव निर्वाचित अध्यक्षको भनाई रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*