हेटौंडामा दुई सय मत गणना, एमालेको अग्रता

संवाददाता
३१ बैशाख २०७९, शनिबार ११:०२

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १ को २ सय मत गणना गर्दा नेकपा एमालेका उम्मेदवार अनन्त पौडेलले ७१, गठबन्धन (नेकपा एकीकृत समाजवादी) की उम्मेदवार मीना कुमारी लामाले ६५ र राप्रपाका उम्मेदवार दीपक बहादुर सिंहले ४२ मत पाएका छन् ।

यसैगरी, उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुमित्रा काफ्लेले ८२, गठबन्धन (नेपाली कांग्रेस ) का उम्मेदवार राजेश बानियाँले ८८ र राप्रपाकी उम्मेदवार इन्दिरा डल्लाकोटी न्यौपानको १२ मत आएको छ ।

वडा अध्यक्ष पदमा नेकपा एमालेका उम्मेदवार उत्तम पौडेलको ८९, गठबन्धनको उम्मेदवार सविन न्यौपानेको ९२ र राप्रपाका उम्मेदवार सुजन शाहीको ८ मत आएको उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*