बागमती–३ मा माओवादीका पाख्रिनसहित प्यानल नै विजयी

संवाददाता
२ जेष्ठ २०७९, सोमबार १५:४५

मकवानपुर । बागमती गाउँपालिका वडा नम्बर ३ को वडा अध्यक्षमा नेकपा (माओवादी केन्द्र) केन्द्रका उम्मेदवार कमान सिं पाख्रिन (पृथक)सहित प्यानल नै विजयी भएका छन् ।

वडाध्यक्षमा कमान सिं पाख्रिनले प्रतिस्पर्धी एमालेका पञ्चलाल भोलनलाई ७ मतको मतान्तरले पराजित गरेका हुन् । पाख्रिनले ४१७ मत ल्याउँदा भोलनले ४१० मत प्राप्त गरे । तेस्रो स्थानमा रहेको काँगेसका सरोज योञ्जनले १५४ मत प्राप्त गरेका छन् ।

विजय हुनेमा महिला सदस्य भगवती माझी, तुल बहादुर मुक्तान र रतन बहादुर बज्यु, र दलित महिला सदस्य यसअघि नै निर्वाचीत भैसकेकी छन् ।

वडा नम्बर ३ मा १०४१ मत खसेकोमा १२ मत बदर भएको छ ।

बागमती गाँउपालिकाको वडा नम्बर १ र २ मा माओवादी केन्द्रको प्यानल नै विजयी भैसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*