मनहरी – ५ मा माओवादी केन्द्रका अधिकारी निर्वाचित

संवाददाता
२ जेष्ठ २०७९, सोमबार १६:३४

मकवानपुर । मनहरी गाउँपालिका वडा नम्बर ५ मा नेकपा (माओवादी केन्द्र) का वडा अध्यक्षका उम्मेदवार दिपेन्द्र अधिकारी निर्वाचित भएका छन् । यस सँगै माओवादी केन्द्रले मनहरी गाउँपालिकामा विजयी हुने वडाको संख्या ३ पुगेको छ ।

प्रभावशाली युवा नेताको रुपमा परिचित अधिकारीले १ सय ८९ मतान्तरले प्रतिद्वन्दी काँग्रेसका योगेन्द्र अर्याललाई पछि पार्दै विजयी भएका छन् । अधिकारीको ७ सय ६२ मत, काँग्रेसका योगेन्द्र अर्यालले ५ सय ७३ मत प्राप्त गरेका छन् ।

त्यस्तै, नेकपा एमालेको किशोर बर्तौलाको ५ सय २१ मत, नेकपा (एकीकृत समाजवादी) को १५ मत र राप्रपाले ४३ मत प्राप्त गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*