“बुद्ध दर्शनको महत्त्व झनै बढेको छ”

संवाददाता
२ जेष्ठ २०७९, सोमबार १७:४६

मकवानपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले बुद्ध दर्शनको महत्त्व अहिले झनै बढेको बताएका छन् । अहिले विश्वमा युद्धसमेत भइरहेको भन्दै अहिंसा र शान्तिको बुद्ध दर्शन अहिले पनि उत्तिकै महत्त्वपूर्ण रहेका बताएका हुन् ।

सोमबार बुद्ध जयन्तीको अवसरमा लुम्बिनीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले विश्वमा युद्ध चलिरहेको कारण बुद्ध दर्शनको महत्त्व अहिले झनै बढेको बताएका हुन् । प्रधानमन्त्री देउवाले भने, ‘विश्वका विभिन्न भूभागका मानिसहरूले अहिले हिंसा, वैमनश्यता र युद्धको सामना गरिरहनुपरेको छ । सशस्त्र बन्ने होडबाजी आदि कारणले जनजीवन चुनौतीपूर्ण बन्दै गएको छ । यस्तो परिप्रेक्ष्यमा भगवान् बुद्धका उपदेशहरू अझै सान्दर्भिक र माननीय भएका छन् । पारस्परिक सम्मान, अहिंसा, सद्भाव आदि विश्वका लागि भगवान् बुद्धका सन्देशहरू अहिले पनि उत्तिकै महत्त्वपूर्ण रहेका छन् ।’

प्रधानमन्त्री देउवाले गौतमवुद्धले नेपाल र भारतलाई एक आपसमा भावनात्मकरूपमा जोडेको बताए । भगवान् बुद्धका कारण नेपाल र भारत भावनात्मक र धार्मिकरूपमा एक आपसमा जोड्न सकिएको समेत देउवाले बताए । उनले भने, ‘दुवै देशका नागरिकका लागि गौतम बुद्ध उत्तिकै श्रद्धेय हुनुहुन्छ, उहाँको अमूल्य दर्शन र शिक्षाले दुवै देशका नागरिकलाई नजिकबाट प्रभावित पारेको छ ।’ गौतमबुद्धले दिएका चार उपदेशले मानव जीवनलाई पापबाट मुक्त दिलाइरहेको समेत प्रधानमन्त्री देउवाले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*