हेटौंडामा गठबन्धनको निरन्तर अग्रता

संवाददाता
३ जेष्ठ २०७९, मंगलवार ०७:३०

मकवानपुर । हेटौँडा उपमहानगरपालिकाको मेयर पदमा गठबन्धनकी मिना लामाको अग्रता कायमै रहेको छ । हालसम्म गणना भएको १८ हजार ५७० मतमा लामाले ५ हजार ८ सय ५० मत ल्याउँदै अग्रता कायम गरेकी हुन् ।

यसैगरी, राप्रपाका दिपकबहादुर सिंह दोस्रो स्थानमा रहेका छन् । सिंहले ५ हजार ४ सय ५८ मत प्राप्त गर्दा नेकपा एमालेका अनन्तप्रसाद पौडेलले ४ हजार ८ सय ३१ मत प्राप्त गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*