मकवानपुरगढी – ३ वडाध्यक्षमा घिमिरे निर्वाचित

संवाददाता
३ जेष्ठ २०७९, मंगलवार ०७:४७

मकवानपुर । मकवानपुरगढी गाँउपालिकाको वडा अध्यक्षमा एमालेले खाता खोलेको छ । गाउँपालिका वडा नम्बर ३ को वडाध्यक्षमा एमालेकाका भागवत घिमिरे निर्वाचित भए सँगै गाउँपालिकामा एमालेले खाता खोलेको हो ।

एमालेको गढरहेको वडा नम्बर ३ मा गठबन्धका उम्मेदवार नेकपा एसका अर्जुन प्रसाद दाहाललाई पराजित गर्दै घिमिरे निर्वाचित भएका हुन् ।

मंगलबार बिहान सम्पन्न मत गणना अनुसार एक हजार ९२६ मत गणना हुदाँ घिमिरेले ९४३ र निकटतम प्रतिद्धन्दी दाहालले ८८६ मत प्राप्त गरेका थिए । घिमिरे पुनः दोस्रो कार्यकालको लागि वडाध्यक्षमा विजयी भएका छन् । घिमिरे प्यानल सहित विजयी भएका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*