भरतपुर महानगरमा गठबन्धनको ९२ मतसहित अग्रता

संवाददाता
३ जेष्ठ २०७९, मंगलवार १३:०६

मकवानपुर । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले ९२ मतको अग्रता लिएकी छन् । १८ हजार ५८३ मत गणना गरिसक्दा गठबन्धनबाट मेयरको उम्मेदवार बनेकी रेनु दाहालले ६ हजार २०७ मत पाएकी छन् । नेकपा एमालेका विजय सुवेदीले ६ हजार ११५ मत पाएका छन् ।

स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३ हजार २२ मत प्राप्त गरेका छन् । उपमेयरतर्फ नेपाली काँग्रेसका चित्रसेन अधिकारीले ७ हजार ५५८ मत पाएर अग्रता कायम राखेका छन् । राप्रपाकी हिमला गुरुङले ५ हजार १० मत प्राप्त गरेकी छन् । अहिले भरतपुर महानगरको वडा नम्बर ५ को मतगणना जारी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*