हेटौंडा – १८ मा नेकपा एमालेका बानिया निर्वाचित

संवाददाता
३ जेष्ठ २०७९, मंगलवार १३:२०

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १८ को वडाअध्यक्षमा अनिल बानिया निर्वाचित भएका छन् । नेकपा एमालेबाट अध्यक्षमा उम्मेदवार बानिया १ हजार ८ सय ९८ मतसहित दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।

अध्यक्षका अर्का प्रत्यासी नेपाली कांग्रेसका रामबाबु बानियाले १ हजार ७ सय २०, राप्रपाका दामोदर बानियाले १ सय ४३ मत प्राप्त गरेका छन् ।

वडा सदस्यहरुमा नेपाली कांग्रेसका योगराज खतिवडा(१७०९) र नेकपा एमालेका तोयानाथ तिमल्सिना (१६१४) विजयी भएका छन् । यस्तै महिला सदस्यमा नेपाली कांग्रेसकी विष्णुमाया थपलिया १ हजार ७ सय ७७ र दलित महिला सदस्यमा नेकपा एमालेकी पूजा मंग्रती १ हजार ६ सय ९२ मतसहित विजय भएकी छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*