हेटौँडामा मेयरको अधिकार कटौती गर्ने प्रयासमा एमाले

संवाददाता
८ असार २०७९, बुधबार १०:३३

मकवापुर ।  हेटौंडा उपमहानगरपालिकामा नेकपा एमाले र सत्ता गठबन्धनबीच विवाद सुरु भएको छ । नगर कार्यपालिकामा बहुमतमा रहेको एमालेले कार्यपालिका बैठक संचालन कार्यविधि परिवर्तन गर्न प्रस्ताव गरेपछि गठबन्धन त्यसको विपक्षमा देखिएको छ ।

एमालेका जनप्रतिनिधिहरुले गठबन्धनका तर्फबाट हेटौंडाको मेयरमा निर्वाचित भएकी नेकपा एकीकृत समाजवादी पार्टीकी मीना कुमारी लामाको अध्यक्षतामा संचालन हुने कार्यपालिका बैठकको कार्यविधि संशोधनको प्रयास गरेपछि प्रतिस्पर्धा सुरु भएको हो ।

मंगलबार बसेको हेटौंडा उपमहानगरपालिकाको कार्यपालिका बैठकमा एमालेले मेयर लामाको अधिकार कटौती गर्ने उद्देश्यले कार्यपालिका बैठक संचालन गर्न कार्यविधि संशोधन गर्ने प्रयास गरेको थियो ।

एमालेले कार्यपालिका बैठक संचालन कार्यविधिको दफा १५(२) र १५ (३) को बुँदा संशोधनका लागि प्रस्ताव गरेको थियो । उक्त प्रस्तावले मेयर लामाको अधिकार नै कटौती हुने देखिएपछि मंगलबारको बैठक अवरुद्ध भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*