मकवानपुरमा असार ९ गतेबाट फाइजर खोप अभियान शुरु हुने

५ वर्षमाथि र १२ वर्ष मुनिका बालबालिकालाई नछुटाइकन लगाउन आग्रह
संवाददाता
८ असार २०७९, बुधबार १३:२८

मकवानपुर । मकवानपुरका दश वटै स्थानीय तहमा असार ९ गतेबाट ५ वर्ष माथि र १२ वर्ष मूनिका बालबालिकालाई कोरोना बिरुद्धको फाइजर खोप लगाइने भएको छ । स्थानीय तहका स्वास्थ्यकर्मीले विद्यालयमानै खोप केन्द्र बनाएर कोरोना भाइरस संक्रमण बिरुद्धको खोप लगाइने स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

अभियान नै सञ्चालन गरि यहि ९ गते विहीबार देखि १५ गतेसम्म बालबालिकालाई खोप लगाइने स्वास्थ्य कार्यालय मकवानपुरका सुचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिए ।

मंगलबार पत्रकारहरुसँग अन्तरक्रिया गर्दै फाइजर खोपको प्रभावकारीता, देखिने समस्या र अभियान बारे जानकारी दिइएको थियो । यो खोपबाट कोही पनि लक्षित उमेर समुहका बालबालिकालाई छुटाउन नहुने स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख भीमसागर गुरागाँईले बताए । स्थानीय तहले विद्यालयलाई खोपकेन्द्रको रुपमा तोकेर बालबालिकालाई खोप लगाइने भएको छ ।

मकवानपुरमा ६१ हजार ७५ जना उक्त उमेर समूहका बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको बताउदैं कार्यालय प्रमुख गुरागाईले फाइजर खोप बालबालिकालाई प्रभावकारी रहेको बताएका छन् ।

कार्यक्रममा पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम लगायतले मन्तव्य राखेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*