होटलमा शरीर बन्धक बनाई पैसा मागेको आरोपमा हेटौंडाका ३ जना पक्राउ

संवाददाता
८ असार २०७९, बुधबार १५:०५

मकवानपुर । प्रहरीले एक हप्ताअघिदेखि शरीर बन्धक बनाई हेटौंडाको एक होटलमा एकजना व्यक्तिलाई राखेको आरोपमा सोमबार ३ जनालाई पक्राउ गरेको छ ।

हेटौंडा उपमहानगरपालिका–१० स्थित ट्राभल होटल एण्ड लजको रुम नम्बर १०७ मा एकजना व्यक्तिलाई जेठ २९ गतेदेखि बन्धक बनाएर राखिएको छ भन्ने सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी टोलि खटिएको थियो । प्रहरीले उक्त कोठामा पर्सा विरगंज महानगरपालिका –१९ बस्ने २७ वर्षीय अमनकुमार श्रीवास्तवलाई बन्धक बनाई राखिएको अवस्थामा फेला परेको जानकारी दिएको छ । उनलाई बन्धक बनाई राखेर परिवारमा सम्पर्क गर्न लगाएर पैसा माग गर्न लगाएको प्रहरीले बताएको छ ।

श्रीवास्तवलाई बन्धक बनाएर राखेको आरोपमा प्रहरीले हेटौंडा–१५ बस्ने २९ वर्षीय सुरेश लामा, हेटौंडा–१२ बस्ने २१ वर्षीय समिर बल, सोही वडा बस्ने अशोक लामालाई पक्राउ गरेका हुन् । पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत मकवानपुरमा उपस्थित गराइएकोमा ५ दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*