एमाले नआएपछि हेटौंडाको नगरसभा स्थगित

संवाददाता
१० असार २०७९, शुक्रबार १६:५१

मकवानपुर । एमाले नआएपछि हेटौंडा उपमहानगरपालिकाको नगरसभा स्थगित भएको छ ।

आवश्यक गणपुरक संख्याको अभावमा शुक्रबारका लागि आह्वान गरिएको बैठक स्थगित भएको नगर प्रमुख मीनाकुमारी लामाले घोषणा गरेकी हुन् ।

शुक्रबार बिहान १० बजेका लागि बोलाइएको नगरसभामा नेकपा एमालेबाट निर्वाचित नगरसभा सदस्यहरु सहभागी भएनन् ।

९५ जना सदस्य रहेको नगरसभामा शुक्रबार ४० जनाले मात्रै उपस्थिति जनाएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*