हेटौंडा कर्रा पुलस्थित बेवारिसे शव फेला

संवाददाता
१२ असार २०७९, आईतवार १५:४३

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१० कर्रा पुल नजिक एउटा वेवारिसे शव भेटिएको छ ।

आइतबार बिहान कर्रा पुल नजिकै नाम ठेगाना नखुलेको अन्दाजी ५०/५५ वर्षको पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पुरुषको शव परिक्षणका लागि हेटौंडा अस्पतालमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*