मोरङ कारागारमा कोरोनाका कारण एक जनाको मृत्यु, १८ जना अस्पताल भर्ना

संवाददाता
३१ असार २०७९, शुक्रबार ११:५०

जिल्ला कारागार मोरङमा कोरोना फैलिएको छ । विराटनगर महानगरपालिका–८ मा रहेको कारागारमा केही दिनयता कोरोना फैलिएको हो ।

कारागार प्रशासनले अत्याधिक ज्वरो आएपछि बिहीबार १९ जना कैदीबन्दीलाई कोसी अस्पताल भर्ना गरेको थियो । भर्ना गरेका मध्ये एक जनाको बिहीबार नै मृत्यु भएको छ । १८ जना उपचाररत छन् । अस्पताल पु¥याइएका मध्ये १६ जनालाई एन्टिजेन पोजेटिभ देखिएको छ ।

बिहीबार अस्पताल भर्ना भएका विरामीको आज एन्टिजेन परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको कोसी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. यज्ञराज खरेलले बताए । उनले सबैको पीसीआर गर्ने तयारी भइरहेको बताए ।

बिहीबार अत्यधिक ज्वरो आएपछि कोसी अस्पतालमा गरिएकामध्ये सुन्दरहरैँचा नगरपालिका–४ का ३९ वर्षीय कैदी नीरबहादुर नेपालको मृत्यु भएको कारागार प्रशासनले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*