बैतडीमा प्रहरी चढेको जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ९ जना घाइते

संवाददाता
५ मंसिर २०७९, सोमबार ०९:४८

मकवानपुर । बैतडीको पाटनमा मतपेटिका पु¥याएर फर्किंदै गरेको प्रहरी सवार जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । ९ जनाको अवस्था चिन्ताजनक छ ।

पाटन नगरपालिकाको थुम भन्ने स्थानमा आज बिहान साढे ६ बजेतिर जिप दुर्घटना भएको थियो । प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले दुर्घटनामा तीन जनाको मृत्यु भएको र नौ जनाको अवस्था ‘अत्यन्तै चिन्ताजनक’ रहेको बताए । घाइतेहरुलाई हेलिकोप्टरमार्फत् कोहलपुर पठाउने तयारी भइरहेको छ ।

उक्त जिपमा १२ जना सवार थिए । जिप सडकबाट करिब २ सय मिटर तल खसेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*