मकवानपुरमा अब केहिबेरबाट मतगणना सुरु हुँदै
संवाददाता
५ मंसिर २०७९, सोमबार १०:३४

मकवानपुर । मकवानपुरमा मतगणना अगाडि सर्वदलीय बैठक सम्पन्न भएको छ भने मतगणना बिहान ११ बजेबाट गर्ने मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले बताएका छन् । अब केहि बेरमै मतगणना शुरु हुँदैछ ।
दुई प्रतिनिधिसभा, ४ प्रदेशसभा तथा समानुपातिक मत एकै पटक गणना हुने उनको भनाई छ । हेटौँडा–२ को सिद्धार्थ माविमा मतगणनाकोलागि १० वटा स्थान तयार पारिएको निर्वाचन आयोगले जानकारी दिएको छ ।