मकवानपुरका प्रदेश र केन्द्रमा नवनिर्वाचित सांसदलाई प्रमाणपत्र वितरण

संवाददाता
१२ मंसिर २०७९, सोमबार १६:०७

मकवानपुुर । यही मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदमा मकवानपुरबाट निर्वाचित सांसदहरुलाई सोमबार प्रमाणपत्र वितरण गरिएको छ । प्रतिनिधि सभाका २ जना र प्रदेशसभाको ४ जना सांसद्लाई प्रमाणपत्र वितरण गरिएको हो ।

उनीहरुलाई मकवानपुरका मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौला र निर्वाचन क्षेत्र नम्वर–२ का निर्वाचन अधिृकत मुकुन्दहरि पौडेलले प्रमाणपत्र विरण गरेका हुन् ।

मकवानपुर क्षेत्र नम्वर–१ बाट प्रतिनिधि सभामा निर्वाचित राप्रपाका दिपकबहादुर सिंह, सो क्षेत्रबाट क्रमशः प्रदेश सभा (१) मा निर्वाचित नेकपा माओवादी केन्द्रका प्रेमबहादुर पुलामी, प्रदेश सभा (२) मा निर्वाचित नेकपा एमालेका एकालाल श्रेष्ठलाई प्रमाणपत्र हस्तान्तरण गरिएको हो ।

यस्तै, क्षेत्र नम्वर २ बाट प्रतिनिधि सभामा निर्वाचित नेकपा एमालेका महेश बर्तौला, सोही क्षेत्रको प्रदेश सभा (१) मा निर्वाचित नेकपा माओवादी केन्द्रकी कुमारी मोक्तान र प्रदेश सभा (ख) मा निर्वाचित नेपाली कांग्रेसका इन्द्रबहादुर बानियाँलाई पनि प्रमाणपत्र हस्तान्तरण गरिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*