बकैयामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

मकवानपुर । मकवानपुरको बकैयाँ गाउँपालिका – ५ हात्तिसुँडेमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । हेटौंडा–धरानचतरा सडकखण्ड अन्तरगत हात्तिसुँडेमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको हो ।
हात्तिसुडेबाट श्रीपुर तर्फ जाँदै गरेको प्रदेश २ ०३०१८ प २५५७ नम्बरको मोटरसाइकल आफै दुर्घटना हुँदा बकैया – ५ श्रीपुर बस्ने २८ वर्षिय श्याम लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
गएराती १० बजे मोटरसाइकल अनियन्त्रित भई सडकको नालिमा खस्दा दुर्घटना भएको हो । दुर्घटनामा घाईते भई उपचारको लागी चुरेहिल अस्पताल हेटौडामा ल्याएकोमा लामालाई डाक्टरले मृत घोषणा गरेका थिए ।