कञ्चनपुरमा लागूऔषध सहित एक युवक पक्राउ

कञ्चनपुरमा लागूऔषध सहित एक युवक पक्राउ परेका छन् ।
पुनर्वास नगपालिका–१ को टक्काबाट इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीको टोलीद्वारा लागूऔषधसहित बेलौरी नगरपालिका–३ का २८ वर्षीय रामअवतार राना पक्राउ परेका इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक नरेशराज मल्लले जनाए। मल्लले रानालाई बेलौरी–धनगढी हुलाकी सडक खण्डमा जाँच गर्ने क्रममा सु.प.प्र. ०१०१० प ३३५० नम्बरको मोटरसाइकल सहित नियन्त्रणमा लिइएको हो ।
उनकाअनुसार रानाको साथबाट ४ दशमलव ५८ ग्राम खैरो हेरोइन बरामद गरिएको छ । रानालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।