हेटौंडामा पहिलो स्नुकर प्रतियोगिता, आज फाइनल खेल हुँदै

संवाददाता
१० माघ २०७९, मंगलवार १४:२१

मकवानपुर । मकवानपुरमै पहिलो पटक आयोजना गरिएको खुला मकवानपुर स्नुकर च्याम्पियनसीपको आज फाइनल खेल हुँदैछ ।

लियम स्नुकर हाउसको आयोजनामा हेटौंडा–४ मा शनिबारबाट सुरु भएको थियो भने खेलमा ५० जना खेलाडीले सहभागिता जनाएका छन् ।
प्रतियोगितामा हालसम्म ६ जना खेलाडी फाइनलमा प्रवेश गरिसकेका छन् । प्रतियोगितामा सोम लामा,नितेस खण्डेलवाल,अमर लामा, माधब खत्री, जिनेस श्रेष्ठ, प्रयास कर्मचार्यले फाइनलमा स्थान बनाइसकेका छन् भने हिजो मिराज श्रेष्ठसंग दिपक गुरुङ र रोशन खड्कासंग सुनिल लामा फाइनलका लागि भिडेका थिए ।

प्रतियोगितामा नेपाल तथा सिक्किम च्याम्पियन सोम लामाले पनि सहभागिता जनाएका छन् भने विभिन्न जिल्लाहरुबाट जिल्ला च्याम्पियनहरुले पनि सहभागिता जनाएको प्रतियोगिताको संयोजक संग्राम बलले बताए । प्रतियोगितामा प्रथम हुनेले ५० हजार,द्धितीयलाई २० र तृतीयलाई १० हजार रुपैयाँ सहित शिल्ड,मेडल र प्रमाणपत्र प्रदान गरिने छ । मकवानपुरबाट स्नुकरको राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरु उत्पादन हुनेमा विश्वास व्यक्त गर्दै प्रतियोगिताका संयोजक बलले स्थानीय,प्रदेश संघीय सरकारसँग सहकार्य गर्दै खेलाडीलई प्रोत्साहन गरिने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*