हेटौंडा ठुलोदमारमा एक जना मृत फेला
संवाददाता
१० माघ २०७९, मंगलवार १७:०१

मकवानपुर । मकवानपुर जिल्ला अन्र्तगत हेटौडा उप–महानगरपालिका १८ गुम्बा डाँडामुनि रहेको खोल्सामा एक जना मानिस मृत आवस्थामा भेटेको छ ।
घटना स्थलबाट करिब १ किलोमिटर दक्षिण पश्च्मिमा रहेको प्रहरी चौकी ठुलोदमारका अनुसार अनुमानित ४०/४५ वर्षको जस्तो देखिने सो पुरुषको हाल कुनै नामथर नखुलेको प्रहरीले जानकारी दिएको छ ।
थप अनुसन्धान टोली खटिएको प्रहरीले जनाएको छ।