अपाचे ओनर ग्रुप (एओजी)

संवाददाता
१० माघ २०७९, मंगलवार १७:३६

मकवानपुर । रोमाञ्चक राइड हेटौँडा टु झुरझुरे, मज्जा सगैँ एपाचे सँग नेपालमा निकै लोकप्रिय रहेको टू–ह्वीलर्स कम्पनी टिभिएसले आफ्नो ग्राहकको लागि अपाचे ओनर ग्रुप (एओजी) नामक रोमाञ्चक राइड अन्तर्गत गत शनिबार ७ गते हेटौँडाको हेटौडा अटो र्माट शोरुम बाट बकैया गाँउपालिकाको हात्तिसुडेँ हुदैँ बागमति गाँउपालिका झुरझुरे सम्म राइटको आयोजना गरेको छ ।

३० भनदा बढी हेटौँडाका अपाचे बाइक ओनर राइडर सहभागी थिए । राइडमा सहभागी सत्यम श्रेष्ठले सडक सुरक्षा तथा रोमाञ्चक यात्राको बारेमा जानकारी समेत दिएका थिए । उनले भने ‘हामीले सडक सुरक्षा तथा कठीनाइ, आपतकालमा आउने सडक दुर्घटना सम्वन्धी थप जानकारी दिने र लिने मौका पाएका छौं । यो हाम्रो लागि खुसिको कुरा हो । यस्ता कार्यक्रम आगामी दिनमा पनि हुँदै जाने अपेक्षा गरेका छौं ।

टिभिएस बाइक कम्पनीले अटो व्राण्ड सगँको समन्वयमा यस किसिमको कार्यक्रम मकवानपुरमा पहिलो पटक आयोजना गरेको हो । टिभिएसले सामाजिक सञ्जाल सँग जोडाइ आफ्ना ग्राहक सगँ जोडिएर विशेषत मोटरसाइकलमा आउने सामान्य देखी विशिष्टकृत समस्या निवाकरणमा समेत जोड दिएर यो कार्यक्रम आयोजाना गरिएको अटो मार्ट हेटौँडाका प्रवन्धक प्रवेश बरुवालले जानकारी दिए । टिभिएसले हालसम्म एओजी राइड कार्यक्रम अन्तर्गत काठमाडौं, कोशी, गण्डकी र लुम्बिनी र चितवनको नारायणगढ च्यापटरमा वाइक राइडर कार्यक्रम सम्पन्न गरिसकेको छ । अपाचेको एओजी अभियानमा सहभागीहरुले यसलाई उत्कृष्ट मनपराएको पाइएको बरुवाले दावि गर्नु भयो । नेपालभर अन्र्तगत कार्यक्रम अभियान आगामी समय सेती, बाँके र मेची च्याप्टरमा हुने जनाइएको छ । टिभिएसको नेपालको आधिकारीक कम्पनी जगदम्बा मोटर्स प्रा. लि. नेपालमा टिभिएस टू–ह्वीलर्सको लागि एक मात्र आधिकारिक वितरक हो ।

नेपालभर १३२ भन्दा बढी डिलरहरुकोबलियोराष्ट्रव्यापी वितरण सञ्जालका साथ टिभिएसलेबजारमा आफ्नो मजबुत पकड राख्न र ग्राहकहरूको मस्तिष्कमा स्थान जमाउन सक्षम भएको छ ।
गुणस्तरीय उत्पादनहरु, बिक्री पश्चातको व्यापक सेवा र देशभरमा जगेडा पार्टपुर्जाहरुको उपलब्धता मार्फत उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टिभिएस नेपालको सबैभन्दा ज्यादा विक्री भइरहेको जगदम्वा मोर्टस कम्पनीले दावी गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*