संघीय संसद् भवन अगाडि आफैंलाई आगो लगाएका आचार्यको मृत्यु

संवाददाता
११ माघ २०७९, बुधबार १०:४७

मकवानपुर । संघीय संसद् भवनअगाडि मंगलबार दिउँसो आफैंलाई आगो लगाएर आत्महत्या प्रयास गरेका प्रेमप्रसाद आचार्यको मृत्यु भएको छ ।

कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा आचार्यको आज बिहान मृत्यु भएको हो ।

इलामको सूर्योदय नगरपालिका निवासी ३७ वर्षीय आचार्यले मंगलबार संसद भवन अगाडि शरीरमा पेट्रोल हालेर आत्मदाह प्रयास गरेका थिए ।

आचार्यलाई प्रहरीले उद्धार गरेर अस्पताल पु¥याएको थियो ।उनको शरीरको ८० प्रतिशतभन्दा धेरै भाग जलेको थियो । स्रोतका अनुसार आचार्यको शव श्रीमती आइपुगेपछि मात्रै अस्पतालबाट निकालिने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*