शहीद दिवसको अवसरमा अनेरास्ववियु मकवानपुरको रक्तदान कार्यक्रम

मकवानपुर । शहीद दिवसको अवसरमा नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले वृहहत रक्तदान कार्यक्रम आयोजना गरेको छ । अनेरास्ववियु मकवानपुरका जिल्ला अध्यक्ष भुवन मैनालीको सभाध्यक्षता तथा बागमती प्रदेश सरकारको प्रथम मुख्यमत्री डोरमणी पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
हेटौडा – १० स्थित बुद्धचोकमा शहीद दिवसको अवसर पारेर रगतको अभाव रहेका बिरामीको सेवामा सहयोग पुर्याउने उद्दश्यका साथ “रक्तदान जीवनदान “ कार्यक्रम आयोजना गरिएको सभाध्यक्ष भुवन मैनालीले बताए ।
कार्यक्रममा बोल्दै अध्यक्ष मैनालीले निरंकुशताको विरुद्धमा स्वाधीनता, राष्ट्रियताको पक्षमा जीवन आहुति दिने सम्पूर्ण ज्ञात अज्ञात वीर शहिदहरुप्रति हार्दिक श्रद्धासुमन प्रकट गर्दै अनेरास्ववियु जिल्ला कमिटि मकवानपुरद्वारा आयोजित वृहत रक्तदान कार्यक्रममा उपस्थित सबैमा धन्यवाद व्यक्त गरे ।
कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य जुनेली माया श्रेष्ठ, नेकपा एमाले प्रदेश कमिटि सदस्य रघुनाथ खुलाल, बागमती प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात मन्त्री एकलाल श्रेष्ठ, जिल्ला प्रशासन मकवानपुर प्रमुख राजेन्द्र देव पाण्डे , जिल्ला प्रहरी प्रमुख बाम देव गौतम अखिल केन्द्रीय सचिवालय सदस्य किशन घिसिङ, अखिल केन्दीय सदस्य आशिष अस्लामी लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा ३५ जनाले रक्तदान गरेको आयोजकले जानकारी दिएको छ ।