प्रहरीले राक्सिराङ र कैलाश गाउँपालिकामा अफिम र गाजाँ फडानी

मकवानपुर । राक्सिराङ र कैलाश गाउँपालिकामा शसस्त्र र नेपाल प्रहरीको सयुक्त टोलीले १३० बिगाह अफिम र २८ बिगाह गाँजा फडानी गरेको छ ।
यही माघ १४, १५, १६ गते शसस्त्र र नेपाल प्रहरीको सयुक्त टोलीले राक्सिराङको ४, ६ र ७ नम्बर वडामा मा ९५ बिगाहको अफिम र २८ बिगाहको गाँजा फाडानी गरेको बताए ।
त्यसैगरि माघ १४, १५ गते नै कैलाश गाउँपालिकाको ७ र ८ नम्बर वडाहरुमा पनि ३५ बिगाह अफिम फाडानी गरेको प्रहरीले बताए ।
प्रहरीले दुवै पालिकामा लागूऔषध अफिम १३० बिगाह र २८ बिगाह गाँजा फडानी गरेको जनाएका छन् ।