तितुङ ग्रुपको प्रस्तुति, प्रकाशको “स्याउ स्याउ नाना” आगामी विहीबार सार्वजनिक हुने

नवराज वाईबा
१५ मंसिर २०७६, आईतवार ११:२७

मकवाानपुर । ह्याङला तितुङ ग्रुपको प्रस्तुति, प्रकाश तामाङको “स्याउ स्याउ नाना” बोलको गीत (म्युजिक भिडियो) आगामी विहीबार युट्युवमार्फत सार्वजनिक हुने भएको छ । गीतको म्युजिक भिडियोमा कलाकारहरु अनिता गोले, अभि लामा, निरु थिङ र हेमकुमार तितुङको नृत्य अभिनय रहेको छ ।
नेपाल तामाङ घेदुङका पूर्व अध्यक्ष बुद्धरत्न तितुङको शब्द रहेको गीत विगतमा नेपाल तामाङ घेदुङले गाउँबस्तीमा जागरणमूलक कार्यक्रमहरु सञ्चालन गर्ने क्रममा अनौपचारिक रुपमा गाउने गरेको र सोही गीतलाई आफूले रकर्ड गरी बाहिर ल्याउन लागेको गायक तामाङले बताए ।
गाउँबस्तीमा गुनगुनाइरहने गीतलाई आफ्नो आवाजमा बाहिर ल्याउन लागेकाले दर्शक स्रोताले अधिक मन पराउने अपेक्षा गायक तामाङको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*