प्रकाश तामाङको “स्याउ स्याउ नाना” सार्वजनिक

संवाददाता
२० मंसिर २०७६, शुक्रबार १४:१८

मकवानपुर । मकवानपुरे गायक तथा संगीतकार प्रकाश तामाङको नयाँ तामाङ मौलिक गीत ‘स्याउ स्याउ नाना’ बजारमा आएको छ ।

नेपाल तामाङ घेदुङका पूर्व अध्यक्ष बुद्धरत्न तितुङको शब्द रहेको उक्त गीत विगतमा नेपाल तामाङ घेदुङले गाउँबस्तीमा जागरणमूलक कार्यक्रमहरु सञ्चालन गर्ने क्रममा अनौपचारिक रुपमा गाउने गरेको र सोही गीतलाई आफूले रकर्ड गरी बाहिर ल्याउन लागेको गायक तामाङले बताए । स्वर्गिय गोपाल योन्जनले सङ्गित गरेको यो गीतलाई चाद सिंले एरेन्ज र दिपेश प्रधानले मिक्सिङ गरेका हुन । गाउँबस्तीमा गुनगुनाइरहने गीतलाई आम दर्शक स्रोताले अधिक मन पराउने अपेक्षा गायक तामाङको छ ।
मकवानपुरको बिभिन्न स्थानमा छ्याङ्कन गरिएको उक्त गीतको म्युजिक भिडियोमा अनिता गोले, अभि लामा, निरु थिङ र हेमकुमार तितुङ लगायतको नृत्य र अभिनय रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*